कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ

कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ

pak

पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका– ७ बाट एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् ।

स्थानीय ७२ वर्षका आईत सिं गुरुङलाई भरुवा बन्दुक र गाँजासहित शनिबार अपरान्ह्र १२ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले गुरुङको घरकोठा खानतलासी गर्दा उनी सुत्ने कोठा भित्र अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थ ३५० ग्राम र लागू औषध गाँजा १ किलो ५०० ग्राम समेत फेला परी बरामद गरेको छ ।

गुरुङले लागूऔषध गाँजा सञ्चय तथा विक्री वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखि वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना र लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

१९ सय​ रुपैयाँले घट्यो सुनको मूल्य
मासु अड्किएर एक जनाको मृत्यु
आजदेखि हेमजा आलु महोत्सव

ट्रेन्डिङ