धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

pho

बागलुङ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ ।

शनिबार निज महिलाको घरमा नै पुगेरउक्त ह्वीलचेयर वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, संचालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा स्थानीय समाजसेवी रबुद्धिजिवीहरूको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

यसैबीच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको जानकारी गराइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ