पोखरा । पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी सुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो ।
अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले ग्लोबल कलेजियट स्कुललाई फराकिलो अन्तरले हरायो । सुर्योदयले ग्लोबललाई ८–२ गोल अन्तरले हरायो । अर्को खेलमा अरनिको स्कुल तनहुले मदरल्याण्ड स्कुललाई ४–३ गोल अन्तरले हरायो । आइतबारको ६ औं खेलमा चिल्डेन लाइफ इङलिस स्कुल बाग्लुङले त्रिबेणी पब्लिक स्कुल लेखनाथलाई २–१ गोलले हरायो । अर्को खेलमा कास्की मोडनाइ एकेडेमीले फियुचर बोडिङ स्कुल बागलुङलाई ५–१ गोलको फराकीलो अन्तरले हरायो ।
कलेज तर्फको फुटसलमा सोच कलेज अफ आइटिले ज्ञान कलेजलाई ९–० गोलको फराकिलो अन्तरले हरायो । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १४ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।
प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजीक तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी उत्पादनमा टेवापुग्ने बताए ।
सम्बन्धित खबर
एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने
केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित
पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने
सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ
केपी ओली राष्ट्रिय टी २० जारी: गण्डकी हिरोज र हिमालयनको जित
नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष मनाउँदै, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ सहित विविध कार्यक्रम घोषणा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर