पोखरा । कास्कीको पोखरामा ‘अस्थायी प्रहरी पोस्ट नदिपुरमा महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु भएको छ । आइतबार अस्थायी प्रहरी पोस्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले महिला टिमले शान्ति सुरक्षा कायम गर्ने कुरामा अन्य विभिन्न कार्य पनि उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको भन्दै त्यसको कदर गर्दै महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु गरिएको जानकारी दिए ।
उनले भने,‘अनुसन्धान विज्ञहरू हाम्रो महिला टोलीहरू हुन् । उत्सृष्ट कार्यक्रमहरू पनि प्रदर्शन गरिसकेका छन् । र शान्ति सुरक्षा कायम गर्ने कुरामा पनि उनीहरूको कार्य अत्यन्तै सहानिए छ । जिल्ला प्रहरी कार्यालय, कास्की अन्तर्गत करिब एक सय ३५ जना महिला कर्मचारीहरु कार्यरत छन् । कास्कीको शान्ति सुरक्षा कायम गर्ने क्रममा उनीहरूले उत्कृष्ट योगदान रहेको अवस्थामा महिला टिम मात्र राखेर किन एउटा युनिट खडा नगर्ने भनेर यो कार्य शुभारम्भ गरेको छौँ ।’
उनले प्रायजसो महिलाहरूको टिम जहाँ पनि र जति पनि छन् सबै अनुशासित रहेको पनि बताए । त्यस्तै उनले सवारी दुर्घटनालाई नै हेर्दा पनि त्यसमा पुरुषभन्दा महिला अत्यन्तै कम भएको देखिएको त्यसमा पनि महिला नै बढी अनुशासित रहेको बताए ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध