नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

bike-accident

नवलपुर । नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जङ्गलमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वर्षीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति ९ः१५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.३८.प १२७५ नम्बरको मोटरसाइकल सडकमा बिग्रेर रोकी राखेको लु २ ख ४१६६ नं. को ट्रिपरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा चालक महतोलाई उपचारका लागि मध्य विन्दु प्रादेशिक अस्पताल पुर्याएको थियो । अस्पताल पुग्न साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ