आहा! रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो उपाधि

फुटबलः

आहा! रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो उपाधि

पुलिस कीर्तिमानी सातौं पटक विजेता बन्ने अवसरबाट चुकेको छ

565b6246-57be-4bb0-a5b3-e11504d9fee4

६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा पुलिसलाई ३-१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो । पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको छ।

खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो । ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ६६औं मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भएको थियो ।

पुलिसका उज्ज्वल राईले खेलको ७४औं मिनेटमा एक गोल फर्काए । अट्याकिङ एरियाबाट हानेको फ्री किक गोलमा परिणत भएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो । उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार र पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा प्राप्त गर्यो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ