फुटबल रिपोर्टिङबारे अन्तरक्रिया

फुटबल रिपोर्टिङबारे अन्तरक्रिया

pho

पोखरा । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मन्चले न्युरोडस्थित नोबेल एकेडेमीमा शुक्रबार फुटबल रिपोर्टिङका विषयमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा एन्फा कम्पिटेसन डाइरेक्टर सन्जिव मिश्र, खेल पत्रकार हिमेश र प्रकाश तिमल्सिनाले आफ्नो अनुभव सुनाएका थिए । एन्फा कम्पिटेसन डाइरेक्टर मिश्रले प्रतियोगिताको टाइसिटका विषयमा जानकारी गराएका थिए ।

खेल पत्रकार हिमेश र तिमल्सिनाले फुटबलको क्रेजलाई कायम राख्न पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए । आहा रारा पोखरा गोल्डकपमा दर्शनको चाम बढाउन भूमिका खेल्न उनीहरूले आग्रह गरे । सहभागीले मोफसलका समस्या सुनाएका थिए ।

मन्चमा अध्यक्ष एमबी आस्थाले अन्तरक्रिया कार्यक्रमले फुटबल रिपोर्टिङमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ