काठमाडौं । रेनु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिका कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगरपालिका महानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको हो । माओवादी केन्द्रबाट दोस्रो पटक मेयर बनेकी रेणु दाहाल नेतृत्वको भरतपुर ७६.२ अंक प्राप्त गर्दै महानगरपालिकामध्ये उत्कृष्ट भएको हो ।
आयोगको कार्यसम्पादन मूल्यांकनमा दोस्रो महानगर बनेको छ विराटनगर महानरपालिका । ७३.५ अंक प्राप्त गर्दै बिराटनगर महानगरपालिका दोस्रो बन्दा ६६.७ अंक प्राप्त गर्दै ललितपुर महानगरपालिका तेस्रो बनेको छ । विराटनगरका मेयर नागेश कोइराल हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । यस्तै, ललितपुरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन नेतृत्वमा छन् ।
यस्तै, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो भएको छ । यो महानगरको नेतृत्वमा युवा मेयर बालेन्द्र शाह छन् । यस्तै,५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको वीरगञ्ज महानगरपालिका अन्तिममा परेको छ ।
पोखराको प्रमुखको जिम्मेवारीमा एकीकृत समाजवादीका धनराज आचार्य छन् । वीरगञ्जको मेयर भने जसपाका राजेशमान सिंह हुन् ।
सम्बन्धित खबर
रवि लामिछाने भैरहवा कारागार चलान
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर