बर्दघाटस्थित डान्सबारमा कुटाकुट हुँदा एक जनाको मृत्यु

बर्दघाटस्थित डान्सबारमा कुटाकुट हुँदा एक जनाको मृत्यु

kutpit-jhagada

नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रतापुर गाउँपालिका– ९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

उक्त डान्स बारमा गत माघ २८ गते मध्यराति दुई पक्षबीच कुटाकुट भएको थियो । कुटपिटमा परी गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ