पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा शुक्रबार गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । सोही प्रतियोगिताबीच दुई अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिने भएको छ ।
दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको बैठकले पराजुली र न्यौपानेलाई सम्मान गर्ने निर्णय गरेको हो । लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएकोमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । दुवै जना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।
विसं २०२० सालमा कास्कीको भदौरेमा जन्मिएका लोक गायक प्रजापति पराजुलीका ‘के खान्चेउ कमला सुन्तला कि आमला ’, ‘बेदनाको पोको’लगायत गीत परिचित छन् । पराजुलीले भजन–चुड्का, तीजका गीतमा पनि स्वर दिएका छन् । पराजुलीकाअनुसार नेपालमा पहिलो लोक दोहोरी गीत प्रतियोगिताको सुरुवात २०३८ साल असोज १ गते डाँफे कला मन्दिर पोखरामा भएको थियो । जसको आयोजना नेपाल कलाकार संघ जिल्ला कार्यसमिति कास्कीले गरेको थियो ।
अर्का सम्मानित व्यक्तित्व पुरुषोत्तम न्यौपाने स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा विसं २०२९ सालमा जन्मिएका हुन् । न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा धजा’लगायत गीत चर्चित छन् । स्याङजामा जन्मिएपनि उनी पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पनि हुन् ।
दोहोरी प्रतियोगिता र सम्मान कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगितामा १३ टिमले भाग लिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पूर्वमन्त्री ढकालको ‘क्रिया किन र कसरी’ पुस्तक सार्वजनिक
लोक दोहोरी गीत प्रतिष्ठान स्याङ्जाद्वारा साहित्यकारलाई सम्मान
नारी दिवसमा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन
‘अञ्जिला’ फिल्म प्रचारप्रसार पोखरामा
नेपाल लिटरेचर फेस्टिभलः दोस्रो दिन बालबालिकादेखि प्रदीप, गगनसँगका बहस (भिडियो)
नेपाल लिटरेचर फेस्टिभलः पहिलो दिन शुभारम्भ, विद्वत प्रवचन लगायत ९ सेशन (भिडियो)
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई