नियन्त्रित लागूऔषधसहित शिवजी पक्राउ

नियन्त्रित लागूऔषधसहित शिवजी पक्राउ

pakrau-1

नियन्त्रित लागूऔषधसहित स्याङ्जाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं. – २१ बस्ने २४ वर्षीय शिवजी तिवारी रहेका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ् नगरपालिका – १० भकुण्डेमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा तिवारीको साथबाट नोर्फिन (आइपिपिएल) ४९ एम्पुल, फेनरागन ६४ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी १४७ एम्पुल नियन्त्रित लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

बिहिबार दिउँसो करिब ५ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार तिवारीसङ्ग नियन्त्रित लागूऔषध बरामद भएकाले उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ