पोखरा । ‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने उदेश्यका साथ फागुन १६ गते देखि २२ गते सम्म वेगनासताल किनारमा तेस्रो संस्करणको वेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ।
युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि आयोजक वेगनास युवा क्लवले उक्त प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक बिज्ञान कोईरालाले जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५/५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता संचालन गर्न रु ९ लाख ७६ हजार १ सय १० खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष निनेन लालचनले जानकारी दिए। वेगनासताल वाध नजिकैको खेल मैदानमा हुने खेलमा करिव ४० टिम हुने अनुमान गरिएको अध्यक्ष लालचनले बताएका छन्।
त्यस्तै प्रतियोगिताको लागि फागुन १ गते देखि फागुन १४ गते सम्म टिम दर्ता खुला गरेको क्लबले जनाएको छ भने दर्ताको लागि रु ६ हजार ५ सय तोकिएको छ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो