आहा! रारा पोखरा गोल्डकप: थ्री स्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

फुटबलः

आहा! रारा पोखरा गोल्डकप: थ्री स्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

पहिलो सेमिफाइनलमा बुधवार पुलिसले चर्च ब्वाईजलाई हराउँदै फाइनल पुगेको थियो

three-star-vs-black-1140×570

पोखरा । पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगितामा निरीह बनेको छ ।

छैटाैँ पटक उपाधि जित्ने लक्ष्यमा उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो । आज भएको दोस्रो सेमिफाइनल खेलमा ब्ल्याक बुल्स एफसीसँग बलियो मानिएको थ्रीस्टार क्लब ४-० गोलले पराजित भयो ।

ब्ल्याक बुल्स एफसीले शनिबार बलियो प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ । पुलिस बुधबार चर्चव्वाइज क्लबलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।

आज भएको प्रतिस्पर्धामा ब्ल्याक बुल्सका कुभोनचबेक ओलिमोभले खेलको २५औं, असिलबेक ओरिफजोनोभले ५८औं, सात्तोरोभले ६३औँ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोद दाभलातजोनोभले ८७औँ मिनेटमा गोल गरे ।

थ्रीस्टार र ब्ल्याक बुल्स एफसीले बाई पाएर सिधै क्वाटरफाइनल खेलेका थिए । क्वाटरफाइनलमा दुवै टोलीले आआफ्ना खेल जित्दै सेमिफाइनलमा भेट भएका हुन् ।

यस वर्ष प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

साथै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ