बाग्लुङ । ट्र्याक खुलेको २४ वर्षपछि बाग्लुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । वि.सं.२०५४ मा बाग्लुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।
बाग्लुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । वि.सं.२०५४ मा बाग्लुङ बजारदेखि तीन लाख रुपैयाँ बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरूआत भएको थियो ।
तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुशी व्यक्त गर्नुभयो । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ ।
कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ । सिगानामा २९ करोड रुपैयाँ लागतमा आठ किलोमिटर (किमी) सडक कालोपत्र र ढलान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो ।
ट्र्याक खुलेको २४ वर्षपछि बाग्लुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ ।सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म छ किमी सडक कालोपत्र गर्नेगरी काम भइरहेको बताए ।
सम्बन्धित खबर
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे
बागलुङका १०६ खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटियो
बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, शर्मा र शाक्यबीच नेतृत्त्वमा होडबाजी
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर