पोखरा । पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार पोखराकाे गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतपुरको १७० एक्यूआई छ ।
भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ । वातावरण विभागका अनुसार खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन् । हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।
विश्वभरको वायु प्रदूषण निगरानी गर्दै आइरहेको आईक्यू एअरका अनुसार काठमाडौं पनि विश्वकै सातौं प्रदूषित सहर बनेको छ । विश्वभरको तुलनामा १६१ एक्यूआईसहित काठमाडौं सातौं प्रदूषित सहर बनेको हो ।
आईक्यू एअरका अनुसार भियतनामको हानोई २१३ अंकसहित प्रदूषित सहरको पहिलो नम्बरमा छ । छिमेकी राष्ट्र चीनको वुहान १६३ अंकसहित छैठौं स्थानमा रहँदा भारतको दिल्ली १६० अंकसहित आठौं स्थानमा छ ।
सम्बन्धित खबर
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
भोलिदेखि मौसम क्रमशः सुधार हुँदै
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति