मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

accident-road_traffic

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ५५०३ नं.को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पडाइएकोमा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ