रुकुमपूर्वमा हजुरआमा र नातिको हत्या, आरोपित व्यक्ति पनि मृत फेला

रुकुमपूर्वमा हजुरआमा र नातिको हत्या, आरोपित व्यक्ति पनि मृत फेला

mrita fela

रुकुमपूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा हजुरआमा र नातिको हत्या भएको छ । हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति पनि मृत फेला परेका छन् ।

हिजो दिउँसो साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उनका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या भएको हो ।

उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१ वर्षीय चन्द्रसिंह पुन पनि भूमे ४ को खुल्खुले खोलाको खोंचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् । खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । पुनको टाउकोमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ ।

तीनैजनाको शवको मचुल्का उठाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ