पोखरा । पोखराको मुस्ताङचोकमा नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
स्थापनाको १३ औं बर्षको उपलक्ष्यमा सो नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा ल्याइएको हो ।
करिब १८ करोडको लगानी रहेको सो अस्पतालमा इमर्जेन्सी लगायत २५ शय्या रहेका छन् । यस अगाडि पोखरा–१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो ।
पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसुति, निसन्तान (बाझोपन), बालरोग लगायतका विशेषज्ञ सेवाहरु रहेका छन् । अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले ६ शय्याको सघन उपचार कक्ष (आईसियु) समेत सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक प्रा।डा ईश्वरप्रसाद कँडेलले जानकारी दिए।
सो अस्पतालको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष डा. मनबहादुर गुरुङले चौबिसै घण्टा सेवा दिनुका साथै वार्षिकोत्सवको अवसरमा हस्पिटलमा एक सातासम्म विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट रहेको जानकारी दिए । उनले अस्पताललाई विशेषज्ञको सेवा केन्द्रित बनाउने बताए।

अस्पतालबाट कास्की, पर्वत, स्याङ्जा र बाग्लुङ्का नागरिकले बढी सेवा लिने गरेको अस्पतालका उपाध्यक्ष मदन रञ्जितले बताए।
यस्तै अस्पतालका सञ्चालक सदस्य रुकबहादुर गुरुङले बिरामीहरुको सेवाका लागि मासिक रुपमा निःशुल्क शिविर क्याम्प समेत राखिने जानकारी दिए।
सो अवसरमा बोल्दै पार्दी मा।विका प्राचार्य बामदेब पौडेल, सिद्धार्थ राजमार्ग टोल विकास संस्था अध्यक्ष आत्मा तुलाचन, ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा लगायतले अस्पतालको सेवालाई छिटो, छरितो, सर्वसुलभ एवं गुणस्तरीय बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नुभएका डा. राजीव लालचन र उत्कृष्ट कर्मचारी एलिना सिंहलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
तनहुँमा बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी
वैदेशीक रोजगारमा गएका अधिकांश युवाहरुमा निसन्तानको समस्या
प्रथम पिङ्क सिटी महोत्सव कप: शीर्ष चार टोलि सेमिफाइनलमा
पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसको स्ववियु नेतृत्व लिन क्रान्तिकारीका आदर्शको टीम मैदानमा
डब्लूआरसी स्ववियु निर्वाचनः अनेरास्ववियुका अनुप नेतृत्वको टीम मैदानमा
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग