पर्सामा भारतीय नागरिकको शव फेला, हत्याको आशंका

पर्सामा भारतीय नागरिकको शव फेला, हत्याको आशंका

deth

पर्सा । पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

ठोरी गाउँपालिका– ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार उक्त हत्या कसले र किन गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ