पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
दुई साता लामो अभियानका क्रममा १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्र्तगत शुरु अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका छन् ।
‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्र्तगत किशोरीहरुको जीवनरक्षाको यो पवित्र अभियानलाई यति महत्वपूर्ण उचाइमा ल्याइपुर्याउन साथ दिनुहुने स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेवीका, सञ्चारमाध्यमलगायत सम्बद्ध सबैलाई हार्दिक आभार,’ मन्त्री पौडेलले भनेका छन् ।
मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरु खोप लगाउन नछुटुन् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रीत रहने उल्लेख गर्दै आफ्नो वरपरका छुटेकाहरुलाई खोप लगाउने कार्यमा पनि तपाईंको सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गरेका छन् ।
विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट शुरु गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइएको छ ।
सम्बन्धित खबर
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्याङ्जामा एचपिभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
एचपीभी खोपसम्बन्धी अभिमुखिकरण एवं अन्तरक्रिया गोष्ठी
स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
स्वास्थ्य बीमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो