पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व सीमसार दिवस फेब्रुअरी २ मा मनाईन्छ । सीमसार दिवसका अवसरमा यसअघि विद्यालयमा सीमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो ।
सीमसार दिवसकै छेको पारेर सोमबार कार्यक्रम गरिएको विद्यालयका शिक्षक हेमन्त ढकालले जानकारी दिए । सीमसारको महत्व, जलवायु परिवर्तनले ल्याएको संकटबारे युवा पुस्तामा जानकारी दिलाउन कार्यक्रम गरिएको उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालय तहमा अध्ययन विद्यार्थीलाई सीमसारको महत्वबारे बुझाउन सकियो भने त्यसले संरक्षणमा सघाउ पुग्ने बताए ।
‘पछिल्लो युवापुस्तासँग सीमसार क्षेत्रको महत्वबारे उत्तिसारो ज्ञान छैन । उनीहरुलाई ज्ञान दिलाउन सकियो भने भविश्यमा सीमसार क्षेत्र जोगिन सक्छ । त्यही भएर विद्यार्थीको सहभागितामा कार्यक्रम गरेका हौं,’ उनले भने । कार्यक्रममा प्रकृति संरक्षणमा युवा पुस्ताको भूमिकाबारे विद्यार्थीले विज्ञसँग जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वन क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुमन भट्टराईले युवा पुस्ताले प्रकृतिसँग जोडिएका समसामयिक विषयमा चाँसो दिनुपर्ने बताए । ‘हामीले ठुलाठुला विषयबस्तुमा मात्र चाँसो दिएका छौ । प्रकृतिका साना विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन,’ उनले भने, ‘मसिना विषयस्तुमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’ पछिल्लो समय सीमसार क्षेत्र संकटमा परिरहँदा सम्बन्धित निकायलाई घच्घचाउने काम युवापुस्ताले गर्नुपर्ने उनले बताए । ‘सीमसार क्षेत्रको संरक्षण मात्र नभई सही तरिकाले उपयोग गर्न पनि जान्नुपर्छ । भविश्यलाई सुनिश्चित हुने गरि उपयोग गर्नुपर्छ,’ उनले भने ।
विशेष अतिति जिल्ला बार एशोसिएसनकी अध्यक्ष भगवती पहारीले नेपालमा सीमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी प्रावधान भएपनि व्यवहारमा लागु नभएको बताईन । फेवाताल जोखिममा परेको विषय सबैका लागि ज्वलन्त उदाहरण रहेको उनले बताईन् ।
गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अधिकृत पूर्णेश्वर सुवेदी पर्यावरणमा कुनैपनि असर पर्नेगरि काम भएका थाहा पाएमा विभिन्न माध्यमबाट खबरदारी गर्नुपर्ने बताए । ‘प्रकृतिमाथि दोहन भएमा विभिन्न निकायमा जानकारी दिनुपर्छ । त्यसो भयो भने दोहन रोक्न वा कम गर्न सहज हुन्छ,’ उनले भने ।
चराबारे जानकार पोखरा पंक्षी समाजकी कोषाध्यक्ष हिराकुमारी मल्ल चराचुरुंगीबारे २० वर्ष अघि र अहिले फरक अनुभव रहेको बताउँछिन । मानव गतिविधिका कारण चराको बासस्थान नै अप्ठेरोमा परेको उनले बताईन । ‘हिजोका दिनसम्म चरा देखिने ठाउँमा अहिले देखिन छाडेको छ । त्यस्तो हुनुमा हामी नै जिम्मेवार छौ । युवापुस्ताले चाँसो दिएर प्रकृति संरक्षण गर्नुपर्छ,’ उनले भनिन् ।
उक्त छलफलमा विद्यार्थीहरुले पोखरा सहरभित्रका विभिन्न चोकमा जथाभावि विजुली बाल्दा चराचुरुंगीलाई परेको असरबारे विद्यार्थीले जिज्ञासा राखेका थिए । त्यसबाहेक पोखरा क्षेत्रका विभिन्न ठाउँका रुख र चौतार मासिँदाको असरबारे पनि छलफल भएको थियो । मानव–वन्यजन्तु द्वन्द्व कसरी घटाउन सकिन्छ भन्नेमा पनि विद्यार्थीको जिज्ञासा थियो । उक्त कार्यक्रममा विद्यार्थीले प्रकृति, सीमसार लगायतका क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा राखिएको थियो ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
बागलुङमा १४० रोपनी झाडी फाँडेर ओखरखेती