सुर्खेतमा बस दुर्घटना हुँदा ३५ जना घाइते, ६ गम्भीर

सुर्खेतमा बस दुर्घटना हुँदा ३५ जना घाइते, ६ गम्भीर

Surkhet-accident

सुर्खेत । सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । ६ जनाको अवस्था गम्भीर रहेको पहरीले जनाएको छ ।

भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उक्त दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए ।

प्रहरीका अनुसार बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको थियो ।

बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७/८ मिटर तल खसेको छ ।

अहिले उद्धारको काम भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ