ट्रकलाई ओभरट्याक गर्दा डुम्रीकोटमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

ट्रकलाई ओभरट्याक गर्दा डुम्रीकोटमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

dumrikot accident

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ् नगरपालिका – ८ डुम्रीकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका – ७ घर भई वालिङ् – ९ क्याम्पस रोड बस्ने १६ वर्षीय सुशील गुरुङ रहेका छन् ।

आइतबार राती करिब ८ बजे वालिङ् मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोहीतर्फ जाँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले घुम्तीमा ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् लगिएकोमा उपचारको क्रममा आइतबार राती ९ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले बताए ।

दुर्घटनापछि ट्रक र मोटरसाइकल चालक दुवैलाई सवारीसाधनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ