खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

अति आवश्यक कागजपत्रमा क्षति नभएको मन्त्री यादवको दाबी

fire

काठमाडौँ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागी भएको १५÷१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आज शुक्रबार बिहान भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।

मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ । खानेपानी मन्त्री यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का रहेको बताए ।

कोठामा रहेका दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको छ । तर अति आवश्यक कागजपत्रमा भने कुनै क्षति नभएको मन्त्री यादवको दाबी छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ