आफ्नै साथीको कुटपिटबाट युवकको मृत्यु

आफ्नै साथीको कुटपिटबाट युवकको मृत्यु

Figtht-kutpit

कुटपिट

इलाम । इलाममा आफ्नै साथीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर काम गरेर फर्किंदै गर्दा आफ्नै साथीले उनीमाथि कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार उपचारका लागि झापा लैजाने क्रममा कन्याम पुगेपछि उनको मृत्यु भएको हो । घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदै थियो ।

कुटपिट गर्ने व्यक्ति फरार रहेकोले खोजि तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ