पोखरा । बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका– ५ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका –१७ छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बि.क., सोही ठाउँ बस्ने वर्ष ३६ कोराजन बि.क.र खोटाङ हलेसी नगरपालिका –१ बस्ने वर्ष २७ की जुनु भन्ने लक्ष्मी राई रहेका छन् ।
अन्दाजी रु. ५ करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी रु.१३ लाख ५० हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीहरुलाई बिहीबार करिब दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका– ६ लेकसाइडबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको घर कोठा समेत खानतलासी लिँदा ईन्दिरा बि.क. र राजन बि.क.को कोठाबाटसेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, विभिन्न बैकका रु.३१ लाख बराबरका ४ थान चेकर मोवाईल थान ४ समेत बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध