पोखरा । भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।
दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ।
मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता लियो । तालाले ३४ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्दैै थन्डरबोल्टलाई खेलमा फर्किएका हुन् । दोस्रो हाफमा करण राई र आर्दश तामाङले गोल गरे ।
७७ औं मिनेटमा करणले गोल गर्दैै थन्डरबोल्टलाई अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा आदर्शले दर्शनीय गोल गर्दैै थन्डरबोल्टलाई जितको हकदार बनाए ।
संकटा खेलाडीले छुटाएको बललाई नियन्त्रण लिएर आदर्शले मध्ये भागको केहि अगाडिबाट गरेको प्रहार गोलमा परिणत भएको छ। पोष्टबाट अगाडि बढिसकेका गोलकिपर दीप कार्कीले बल रोक्ने मौकै पाएनन्।
योसँगै तीन वटा पूर्व विजेता टोली यसपटक बाहिरिसकेका छन् । आयोजक सहारा क्लब, एपिएफ र संकटा बाहिरिसकेका छन् ।
थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ। ब्ल्याक बुल्स शुक्रवार काठमाडौं आइपुगेको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबिच हुनेछ।
सम्बन्धित खबर
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताको तयारी
आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने
प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि
पोखरा महानगरपालिका टि– २० क्रिकेट प्रतियोगिताको उपाधि लेखनाथ यूथ क्रिकेट क्लवलाई
प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]