निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु

elephant

चितवन । चितवनमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । आक्रमणको प्रयास गरेपछि प्रतिकारमा निकुञ्जकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले विज्ञप्ति जारी गर्दै सौराहा आसपासको क्षेत्रमा जंगली हात्ती (मकुना)ले बस्तीमा पसेर दुःख दिँदै आएपछि नियन्त्रणको प्रयास गर्दा आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको जनाएको छ ।

मकुनालाई हात्ती स्वीप माध्यमवाट निकुञ्जको ‘कोर इलाका’मा पठाउन केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्ज सौराहाका कर्मचारी तथा नेपाली सेनाको संयुक्त टोलीले ५/६ वटा हात्तीद्वारा स्वीप गर्ने र कोर इलाकातर्फ धपाउने काम गरिरहेको थियो ।

बुधबार स्वीपिङ गस्तीका क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना फेला परेको थियो । गस्तीमा रहेको घरपालुवा हात्तीलाई आक्रमण गर्न आएपछि आत्मसुरक्षाको लागि दुई राउण्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ