चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।
साहारा बचत सहकारीको थुनछेक बहस नसकिएको भन्दै उनलाई हिरासतमा पठाइएको हो।
चितवन जिल्ला अदालतमा बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ। यसका लागि लामिछानेले भोलि बिहान अदालत उपस्थित हुनुपर्नेछ।
चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए। आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू भएको हो। लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो।
लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो। आज सरकारी वकिलहरूले बहस गरेका थिए। थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।
मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए। लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनीरसञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन्।
उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् । सहकारीको रकम अपचलन मुद्दामा लामिछाने कास्की, रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। कास्कीमा ६५ लाख, काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका हुन्।
सम्बन्धित खबर
रविलाई हिरासतमा राख्न चितवन अदालतको आदेश
दुई भारतीय लागुऔषध कारोबारीमाथि गोली प्रहार, एक घाइते
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
अछाम दुई किशोरी मृत्यु प्रकरण : प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या भएको प्रहरीको निष्कर्ष
लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार, एक जना घाइते
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा