स्वीडेनको एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु

स्वीडेनको एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु

goli

काठमाडौं । स्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् ।
घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहको छ ।

स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’ नामको क्याम्पसमा मंगलबार एक युवकले गोली चलाएका थिए । त्यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds