पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयबाट गरेका छन् ।
आजदेखि फागुन ६ गतेसम्म महानगरका २ सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३ सय ४४ जना स्वास्थ्यकर्मी र ६ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले जानकारी दिए ।
विद्यालय उमेरका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गरिनेछ। नगर प्रमुख आचार्यले छोरीहरूको स्वस्थ जीवन र भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्नका लागि यो खोप अनिवार्य रूपमा लगाउन आह्वान गरेका छन् ।
नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ)गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने अभियानहरू सञ्चालन भइरहेका छन्।
सम्बन्धित खबर
‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन आज स्याङ्जाको वालिङमा हुँदै
पोखरामा होलीः नेपालीसँगै झुमे पर्यटक [फोटो/भिडियो]
लोक दोहोरी गीत प्रतिष्ठान स्याङ्जाद्वारा साहित्यकारलाई सम्मान
अनेरास्ववियुबाट पोखरा नर्सिङ क्याम्पसमा प्रतिभा स्ववियु अध्यक्षको उम्मेद्वार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक चार्टर्ड उडान हुँदै
मिर्मी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने निर्विरोध
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]