गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताएका छन् ।
श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत नै गुरुकुल भएकाले यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गरे ।
‘गुरुकुल आशाका केन्द्र हुुन्। भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन्। गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उनले भने– ‘ पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेका छौं।’
आजको शिक्षा नीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने मागप्रति आफू सकारात्मक रहेको उनको भनाई छ ।
गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षानीतिसँग जोड्न अनिवार्य रहेको भन्दै उनले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति रहेको बताए । जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको उनको भनाई छ ।
सांस्कृतिक, धार्मिक एवं पर्यटकीय नगरी पोखरामा फेवातालको उत्तरी तट बैदाममा अवस्थित श्री केदारेश्वर महादेव मन्दिर वि.सं. १९५० देखि १९६० को दशकमा स्वर्गद्वारी महाप्रभुका अनन्य शिष्य स्वामी शंकरा नन्दजीद्वारा स्थापित मन्दिर हो । स्थापनाकालदेखि नै जप, तप, ध्यान, साधनाको केन्द्रको रूपमा प्रसिद्ध यो मन्दिर आफ्नो भव्यता एवं दिव्यताले श्रद्धालुहरूका लागि आज पनि उत्तिकै आस्थाको थलोको रुपमा रहेको छ ।
यहाँ श्रावणमासमा बोलबम मेलालगायत वर्षभरिका विभिन्न चाडपर्वहरूमा विशेष उत्सवका साथ भगवद् आराधना गर्दै भक्तजनहरूमा आस्था, भक्ति, अभिवृद्धि गरिनुका साथै समय समयमा विशेष अनुष्ठानको माध्यमले सनातन संस्कृतिको प्रचारसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विद्याश्रमले जनाएको छ ।
यहाँ नैतिक, चरित्रवान्, कर्मठ एवं इमान्दार नागरिक तयार पार्ने उद्देश्यका साथ अर्घाखाँची जन्म भई लामो समय काशी अध्ययन, अध्यापन गर्नुभई यो मन्दिर तथा गुरुकुललाई कर्मभूमि बनाई १० वर्ष अघिदेखि स्वामी चिद्घन चैतन्य डा. लेखनाथ आचार्यको संकल्पमा २०७३/७४ देखि निःशुल्क आवासीय गुरुकुलको स्थापना गरिएको छ ।
यस विद्याश्रममा नेपाल सरकारको गुरुकुलीय पद्धति अनुसार दैनिक अंग्रेजी, सामाजिक, गणित, नेपाली, कम्युटर तथा संस्कृत तर्फ वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड ज्योतिष लगायत पुराण इतिहासको पनि अध्ययन भई रहेको र सांस्कृतिक भजन किर्तन पनि दैनिक रुपमा सञ्चालन भइरहेको छ । यो विद्याश्रममा भर्ना हुन र अध्ययनको लागि कुनै पनि शुल्क नलाग्ने आवास, शिक्षा, भोजन, पोशाक आदि सम्पूर्ण निःशुल्क व्यवस्था छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट
७ औं स्याङ्जा महोत्सव फागुन ६ देखि, तयारी अन्तिम चरणमा
मनाङको तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो, अझै नियन्त्रणमा आउन सकेन
गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना