तनहुँ । तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते छन् । उनी मृतकका छोरा हुन् ।
यसैगरी, टिपरको ठक्करबाट धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङ पनि घाइते भएका छन् । कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
टिपर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग अन्तरक्रिया
पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
रुपाले स्थापना दिवस मनायो, विभिन्न व्यक्तित्व ‘रूपा रत्न’ बाट सम्मानित
नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग