एजेन्सी । के तपाईंलाई थाहा छ कि जन्मको क्रमले व्यक्तित्वमा प्रभाव पार्न सक्छ ? अर्थात् परिवारमा सबैभन्दा पहिले, बीचमा या सबैभन्दा अन्तिममा जन्म लिनुले व्यक्तित्वमा केही असर पार्न सक्छ ।
यो विषयमा लामो समयदेखि अनुसन्धान भइरहेको छ । अस्ट्रियाली मानसिक वैज्ञानिक अल्फ्रेड एडलरले एक शताब्दीअगाडि यो विचार प्रस्तुत गरेका थिए कि, जन्मको क्रमले कुनै व्यक्तिको व्यक्तित्वलाई प्रभाव पार्छ ।
यसलाई यसरी बुझ्न सकिन्छ कि यदि तपाईं घरको सबैभन्दा जेठो सन्तान हुनुहुन्छ भने व्यक्तित्व केही विशेष प्रकारको हुनेछ । यस्तै, यदि तपाईं कान्छो हुनुहुन्छ भने व्यक्तित्वमा केही फरक विशिष्ट कुरा हुनेछन् ।
माइलो सन्तान सबैभन्दा असल !
सबैभन्दा जेठो सन्तानलाई प्रायः महत्वाकाङ्क्षी र बुद्धिमान मानिन्छ, जबकि सबैभन्दा कान्छो सन्तानलाई जिद्दी स्वभावको मानिन्छ । माइलो सन्तानलाई प्रायः कम ध्यान दिइन्छ आमाबाबुको ध्यान सबैभन्दा धेरै जेठो र कान्छो सन्तानमा नै केन्द्रित हुन्छ ।
हालैको एक अनुसन्धानमा पाइएको छ कि माइलो सन्तानहरू सबैभन्दा असल हुन्छन् । क्यानडाका अनुसन्धानकर्ताका अनुसार माइलो सन्तान सबैभन्दा इमानदार, विनम्र र मिलनसार हुन्छन् । यिनीहरूमा अरूसँग माफी माग्ने, सम्झौता गर्ने, सहकार्य गर्ने र आफ्नो रिस नियन्त्रण गर्ने प्रवृत्ति बढी हुन्छ ।
साथै, पैसा र सम्पत्तिको लोभ कम हुन्छ र उनीहरू आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनन् । अर्थात् उनीहरू धन र प्रतिष्ठाको पछि कम लाग्छन् र आफूलाई अरूसँग तुलना गर्दैनन् ।
तर, केही अन्य अनुसन्धानले यी निष्कर्षलाई चुनौती दिएका छन् । उदाहरणका लागि सन् २०२० को एक अध्ययनले यो तर्क गरेको छ कि जन्मको क्रम व्यक्तित्वसँग जोडिएको हुँदैन । यस विषयमा अझै धेरै प्रश्नहरू छन्, तर एउटा कुरा पक्का छ कि माइलो सन्तान तुलनात्मक रूपमा विशिष्ट हुन्छन् । मार्टिन लूथर किङ्ग जुनियर, माडोना, वारेन बफेट र अब्राहम लिङ्कन जस्ता महान् व्यक्तित्वहरू पनि माइलो सन्तान नै थिए ।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध