पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार ७ खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा प्रिक्वाटरका ७ खेल भएका हुन् ।
सात खेलबाट ट्रेकर्स कफी, एन के (बी), लिभिक एफसी (बी), ए–७ ब्रोदर्श, एनएमवाइसी (बी), रामघाट (सेतो) र एनएमवाइसी (ए) ले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । यस पहिले बिहीबार भएको खेल जित्दै स्लामिक कल्याणकारी क्वाटरफाइनलमा पुगिसकेको छ ।
एल्सी ब्रोदर्शलाई शून्यका विरुद्ध १ गोल गदै टर््ेकर्सले जित निकालेको हो । एन के (बी)ले ब्रजला एफसीलाई १–० को अन्तरले पाछि पादै क्वाटर फाइनलको यात्रा तय गर्दा लिभिक एफसी (बी)ले रामाधाट (हरियो)लाई ४–१ को फराकिलो अन्तरले पाराजित गर्यो ।
एनबीएफसीलाई शून्यको विरुद्ध २ गोल गदै ए–७ ब्रोदर्शले अघिल्लो यात्रा पक्का गरेको छ । एनएमवाइसी (बी)ले ३–१ को सहज जित निकाल्दा बिटी क्लवलाई शून्यको विरुद्ध १ गोल गदै रामघाट (सेतो) अन्तिम ८ मा पर्न सफल भएको छ । पोखरा जब्सलाई १–२ को अन्तरले पछि पादै एनएमवाइसी (ए)ले खेल जितेको छ ।
शनिबार क्वाटरफाइनलका खेल हुने आयोजक समितिका शम्सुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
सम्बन्धित खबर
अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः क्वाटर फाइनलको समिकरण पूरा
टाइगर कप भलिबलमा भोलि दोस्रो क्वालिफायरका खेल हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा सेमिफाइनल समिकरण पूरा
टाइगर कप: आर्मीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश
टाइगर कप: आयोजकलाई हराउँदै एपिएफको महिला टीम फाइनलमा प्रवेश
यो पनि पढौँ
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
आईटी सेवामा पनि प्रवेश गर्यो सिटिजन ग्रुप
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना