इजरायली अधिकारीहरूले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जुनसुकै बेला रिहा हुन सक्ने भएकाले तयारी हालतमा रहन खबर पठाएका छन् । तर, उनको रिहाइ कहिले हुने भन्नेबारेमा नयाँ जानकारी भने प्राप्त हुन नसकेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।
‘विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू भन्ने खबर आएको छ । त्यसबाहेक नयाँ कुरा केही भनिएको छैन,’ राजदूत पण्डितले भने ।
राजदूत पण्डितका अनुसार बुधबार राति उनले इजरायली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए । त्यस क्रममा इजरायली अधिकारीहरूले बिहीबार तीन इजरायली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए ।
‘त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ । आज विपिन जोशी छुटेनन् भने शनिबार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,’ पण्डितले बिहीबार दिउँसो बीबीसीसँग भनेका छन् ।
‘बुधबार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ । उहाँले अहिलेसम्म हामीसँग कुनै पनि अपडेट छैन भन्नुभयो । त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन,’ पण्डितले अगाडि भने ।
सम्बन्धित खबर
जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प
आजको मौसम पूर्वानुमान
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण