- सृष्टि क्षेत्री [कक्षा ९, केफ मावि, पोखरा]
सृजनाको मसीले संसार सजाउने कलाकारिता नहराओस् । अपनत्वको भावनासँगै देशप्रेम, राष्ट्रियता, मानवता, प्रकृति, राष्ट्रप्रेम जीवन्त बाँचिरहोस् । आज हर्षले पुल्कित हुँदा ‘त्याग, बलिदान र सहिद दिवसको महत्व’ शीर्षकले फेरी एकपटक अन्तस्करणलाई घचघचाएको छ । मनले प्रत्येक शब्द–शब्दमा ‘सहिद’ देख्दै आएको छ ।
आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण र स्वतन्त्रताको प्राप्तिका निम्ति आफ्नो ज्यानको बलिदान दिने कुनै पनि महान व्यक्तिलाई नै राष्ट्रका सहिद भनिन्छ । सहिदको बलिदानले समाज वा राष्ट्रमा न्याय र स्वतन्त्रताका लागि लड्न उजागर गर्दछ । सारंशमा सहिद त्यो व्यक्ति हो, जसले कुनै उच्च उद्देश्यका लागि आफ्नो प्राणको बलिदान दिन्छन् र समाजको इतिहासमा उनीहरूको सम्झना र सम्मानको अमिट छाप बसेको हुन्छ ।
सहिदको योगदान र बलिदानलाई सम्झेर हामीले प्रत्येक वर्ष सहिद दिवस मनाउँछौं र उनीहरूको सङ्घर्ष र बलिदानलाई सम्मान अर्पण गर्छौं । ‘दिवस’ शब्दको अर्थ कुनै विशेष दिन भन्ने बुझिन्छ । यो शब्द कुनै विशेष अवसर, सम्झनाका दिन वा उत्सवका समयमा प्रयोग गरिन्छ । उदाहरणस्वरूप ‘सहिद दिवस’ भनेको यस्तो दिन हो जुन दिन हामीले सहिदहरुको बलिदानलाई सम्झन्छौं र उनीहरुको सम्मान गर्छौं ।
नेपालमा सहिद दिवस प्रत्येक वर्ष माघ १६ गते मनाइन्छ । यो दिन नेपाली राष्ट्रिय आन्दोलनका सहिदहरूमा समर्पित गरिएको हो, जसले राष्ट्रको स्वतन्त्रताका निम्ति आफ्नो प्राण त्यागेका छन् । सहिद दिवसमा नेपालभर विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन्, जहाँ राष्ट्रपतिद्वारा फूल चढाएर सम्मान गर्दै सहिदहरुको बलिदानलाई सम्मान र श्रद्धा अर्पण गरिन्छ । यो दिन नेपाली समाजमा सङघर्ष, बलिदान र राष्ट्रिय एकताका मूल्यहरूको स्मरण गराउने दिन हो ।
वि.सं. २००७ सालको जनआन्दोलनमा कैयौं नेपाली नागरिकहरूले आफ्नो प्राण गुमाएका थिए । यस जनआन्दोलनमा नेपालका प्रमुख दलहरूले निरङ्कुश र असहमति शासनविरुद्ध सङ्घर्ष गरेका थिए र यसै क्रममा आफ्नो प्राण त्याग गरेका थिए । यस्ता व्यक्तिहरूको सम्झनामा नै सहिद दिवस मनाइन्छ ।
सहिद दिवसले सहिदहरुको सम्मान, लोकतन्त्र र स्वतन्त्रताको महत्व, लोकतन्त्र र अधिकारको रक्षा र सङ्घर्ष र बलिदानको प्रेरणा दिन्छ । सहिद दिवसको महत्व केवल ऐतिहासिक नजरमा मात्र सीमित नभएर प्रत्येक नागरिकहरूलाई आफ्नो देशप्रतिको कर्तव्य, निष्ठा र सङ्घर्षको मूल्यको पुनः सम्झना गराउँछ । सहिद दिवसले हामीलाई अझ बढी लोकतान्त्रिक र समृद्ध नेपाल बनाउन प्रेरित गर्छ र नागरिकहरुको अधिकारको रक्षा गर्न प्रतिबद्ध बनाउँछ ।
नेपाली सहिदहरूको योगदान इतिहासमा अमर रहेको छ । उनीहरूले विश्वास गरेको विचारहरुको रक्षा गर्दै स्वतन्त्रता र समानताका लागि लडेका थिए । उनीहरूको सङ्घर्षको फलस्वरूप आज हामीले प्राप्त गरेको लोकतन्त्र र अधिकारका मूल्यहरुलाई सम्झँदै हामीले प्रत्येक दिन सहिदहरुको योगदानलाई सम्मान गर्छौं ।
सहिदहरूको योगदानले समाजलाई नयाँ दिशातर्फ मोड़न मद्दत पुर्याएको हुन्छ । सहिदहरूले जनता र राष्ट्रका खातिर आफ्नो प्राणको त्याग गरेर र रगतको बलिदान दिएर राष्ट्रलाई लोकतान्त्रिक मार्गमा अघि बढ्नका लागि प्रेरित गरेका हुन्छन् । नेपालको इतिहासमा सहिदहरुको योगदान निकै महत्वपूर्ण छ । सहिद गंगालाल श्रेष्ठ, सहिद धर्मभक्त माथेमा, सहिद शुक्रराज शास्त्री, सहिद दशरथ चन्द जस्ता महान व्यक्तिहरुले प्रजातन्त्रको सङ्घर्षमा आफ्नो प्राणको बलिदान दिए ।
सहिदहरुको योगदानले जनताको मनोबल उच्च राखेर आजको लोकतान्त्रिक नेपालको आधार बनाएको छ । नेपाली महान सहिदहरूले प्रजातन्त्रको स्थापना र स्वतन्त्रता प्राप्तिका लागि महत्वपूर्ण भूमिका निभाएका छन् । वि. सं. २००७ को जनआन्दोलनमा महान सहिदहरूले जनतालाई निरङ्कुश शासनविरुद्ध उठ खडा गर्न प्रेरित गरे । ती सङ्घर्षले आज नेपाली समाजलाई लोकतान्त्रिक मूल्यमान्यताका आधारमा अघि बढ्न मद्दत गरे । सहिदहरुको बलिदान राष्ट्रिय एकता र साहसको प्रतीक बनेको छ ।
अन्तत: सहिदहरुको योगदान नेपाली समाजमा अमूल्य रहेको छ । उनीहरूको साहस र बलिदानलाई सम्झेर हामीले प्रत्येक वर्ष सोही अवसरमा सहिद दिवस मनाउँछौं । सहिद दिवस एक यस्तो अवसर हो जहाँ हामीले आफ्नो राष्ट्रको गहिरो सम्मान र उच्च आदर्शहरुको सम्झना गरेर एकता र समृद्धिको दिशामा अघि बढ्नका लागि प्रेरित हुन्छौं ।
सहिदहरुको बलिदानले राजनीतिक परिवर्तनमा मात्र नभएर सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुगेको छ । तिनीहरुको बलिदानले आज नेपाली समाज नयाँ दिशातर्फ मोडिन लागेको छ । सहिदहरुले आफ्नो प्राणको बलिदान दिएकाले नेपाल लोकतान्त्रिक स्वतन्त्रताको मार्गमा अघि बढ्न मद्दत पुर्याएको छ । तिनीहरुको योगदानले आज जनतालाई आफ्नो देशप्रतिको निष्ठा र कर्तव्यप्रति सजग बनायो ।
सहिदहरूले आफ्नो प्राणको आहुति दिएकाले आज समाजमा न्याय र स्वतन्त्रताको स्थापना भयो । अतः सहिद दिवसको महत्व केवल ऐतिहासिक र राजनीतिक नजरमा मात्र सीमित नभएर प्रत्येक जनतालाई कर्तव्य र सङ्घर्षको पुनः स्मरण समेत गराउँछ ।
(सहिद दिवसको सन्दर्भमा राष्ट्रिय जनसाहित्यिक संघ, गण्डकी प्रदेश समितिले आयोजना गरेको विद्यालयस्तरिय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त निबन्ध)
सम्बन्धित खबर
त्याग, बलिदान र सहिद दिवसको महत्त्व
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
यो पनि पढौँ
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो