पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार ६ खेल भएका छन् ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा रामघाट एफसी, न्युरोड एघार, पोखरा जब्स, सिभिक कन्स्ट्रक्सन, ए सेभेन ब्रोदर्स, ८२९ फ्याम्ली र स्लाइट एफसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।
रामघाटले लिभिक एफसी (बी)लाई १–० गोल अन्तरले पराजित गर्दा स्नीकम भल्टलाई न्युरोड एघारले १–३ गोल अन्तरले पराजित गर्यो । पोखरा जब्सले एम–१३ लाई ३–२ को कठिन जित निकाल्दा स्याङ्जा एफसीलाई पराजित गदैँ सिभिक कन्स्ट्रक्सनले ३–० को सहज जित निकाल्यो ।
ए–७ ब्रोदर्शलाई १–४ को फराकिलो गोलअन्तरले पराजित गदै गन्नी एफसी दोस्रो चरणमा प्रवेस गरेको छ । यस्तै इलाइट एफसीलाई १–३ को गोल अन्तरमा पराजित गदै एनके एफसी (ए)ले खेल जितेको छ ।
विमल एफसी खेलमा सहभागि नहुदाँ ८२९ फ्याम्ली स्वत दोस्रो चरणको लागि छनोट भएको छ ।
प्रतियोगिता अन्तरगत बुधबार दोस्रो चरणका खेल हुने आयोजक समितिका शम्सुुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
सम्बन्धित खबर
पोखरा महानगर अन्तर विद्यालय छात्रा टि– २० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविलाई
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
पोखरामा शुभकामना दौड हुने
मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता
ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश
तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डकोे उपाधि हेटौडालाई
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित