पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरामहानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा मंगलबार देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गर्याे । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै दिलिप म्यान अफ द म्याच घोषित भए ।
यस्तै अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो ।
भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १/१ गोलको योगादन दिए भने, १ गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अफ द म्याच बने ।
बुधबार पनि पहिलो चरणकै खेलहरु हुने भाइखलका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको तिन वटा विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कुल ३९ टिमको सहभागिता रहेको छ ।
यसअघि उक्त प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गरे ।
सो अवसरमा बोल्दै उनले खेलकुदले सबै उमेर समूहलाई एउटै सुत्रमा बाँध्ने धारणा राखे । उनले खेलकुदको माध्यमबाट चौतर्फी विकास हुने बताउदै बगर भाइखलको प्रतियोगिताले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए ।
उपाधि राशी २ लाख
बगर भाइखलकका महासचिव मनकाजी गुरुङले ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।
सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
केपी ओली कपः साविक विजेता मधेशलाई कर्णालीले हरायो, हिमाल फ्रेन्ड्सलाई डीएल मेथडको साथ
पोखरा महानगर अन्तर विद्यालय छात्रा टि– २० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविलाई
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
पोखरामा शुभकामना दौड हुने
मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता
ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित