महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

vagdaud

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ। त्यहाँ उपस्थित भक्तजनहरूले प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण त्यस्तो घटना भएको आरोप लगाएका छन्।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्। मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलाग्न शान्त रहन सबैलाई आग्रह गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ