काठमाडौं । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अहिले अनेक खालका घेराबन्दी गरिएको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकार विरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको उल्लेख गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओली माथि निकै ठूलो घेराबन्दी भइरहेको छ, निकै ठूलो भ्रम फैलाउने काम भइरहेको छ, निकै धेरै मिथकहरू फैलाइएका छन्’, उनले भने ।

सरकारले गरेका सकारात्मक कामको पनि चर्चा हुनुपर्नेमा उनले जोड दिए । अहिलेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने र रोकिएका विकास निर्माणलाई अघि बढाउने काम गरिरहेको भन्दै पाण्डेले यस्ता विषय समाचारका विषय बन्नु पर्ने बताए । ‘त्यो देखेर केही मानिसहरू अत्तालिएका छन् र प्रधानमन्त्रीका विरुद्ध भ्रमको खेती गरिएको छ’, पाण्डेले भने ।
अहिले केही शक्तिहरूबाट नेपालको विकासको गति रोक्ने र आत्मनिर्भर नेपाल बनाउने अभियानलाई रोक्ने प्रयत्न भइरहेको पाण्डेले बताए । यसतर्फ सञ्चार जगत् सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘यस्ता प्रवृत्तिका विरुद्ध जुध्न र कलम चलाउनको लागि पत्रकारहरूलाई अनुरोध गर्दछु’, उनले भने ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की