एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण उक्त खेल स्थगित गरिएको हो ।
हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित गरिएको हो ।‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने टोली इलिमिनेटर खेल्नेछ । उक्त समूहमा गण्डकी, हेल्प नेपाल र सशस्त्र प्रहरी बल एपिएफ क्लब छन् । यीमध्ये एक टोलीले मात्र इलिमिनेट खेल्नेछन् । दुई टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् ।
यसअघि भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेको थियो । महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
केपी ओली कपः गत वर्षको च्याम्पियन मधेशलाई कर्णालीले हरायो, हिमाल फ्रेन्ड्सलाई डीएल मेथडको साथ
पोखरा महानगर अन्तर विद्यालय छात्रा टि– २० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविलाई
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
पोखरामा शुभकामना दौड हुने
मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा बिजेता
ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित