काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्वीर देखाइएको र जुन आशले आफ्नो त्यस्ता तस्वीर देखाइएको हो त्यो पुग्ने अवस्था नभएको बताएका छन् ।
आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।
ओली केही दिनदेखि स्वास्थ्य समस्या भएर निवासमै आराम गरिरहेका थिए । उनलाई चिकित्सकहरूले लामो यात्रा नगर्न आग्रह गरेपछि गत शुक्रबार भर्चुअल माध्यमबाटै सिद्धबाबा सुरुङको ब्रेक थ्रु लगायतका कार्यक्रम उद्घाटन गरेका थिए ।
आफू सामान्य बिरामी भएको र अहिले पनि कमजोर नै रहेको प्रधानमन्त्रीको भनाइ छ ।
केहीदिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका प्रधानमन्त्री ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन । रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आईसीयूमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ ।’
‘तपाईंहरूले पनि देख्नुभयो हाला । सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि राम्रै निको भइसकेको छैन । एन्टिबायोटिक खाँदा अलिक कमजोर बनाएको छ, कुरा त्यत्ति हो । जे आशले आईसीयूमा देखाउँछन्, त्यो आश पुग्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रचण्डलाई जवाफ- अब ०६४ को जमाना छैन
ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काए ।
प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै भोट दिए देशबाट भ्रष्टाचारका जराकिला उखेलेर फाल्ने बताएका थिए ।
‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले,’ प्रचण्डको नाम नलिइ ओलीले भनेका छन्, ‘ए जमाना गयो त्यो । क्याम्पमा लडाकु थिए, आतकं थियो, त्रास थियो । सोझा जनतालाई दुर्बिनले हेर्या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’
उनले ०६४ को निर्वाचनमा सरकार र प्रशासन नै माओवादीका कारण निरीह बन्नुपरेको उल्लेख गरे ।
‘उनीहरूका मान्छे मतपत्रमा छाप लगाएकै ठाउँबाट हेर्थे । म लगाइदिन्छु भनेर समेत भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो । त्यो जमाना अब छैन । गयो त्यो जमाना,’ उनले भने ।
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु
प्रधानमन्त्री ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताए । उनले आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए ।
‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’
प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।
‘अहिले पनि प्रमुख दलहरू मिलेर यस देशलाई विकासको बाटो दिन सकेनन् भने विकासको बाटो दिन सकेनन् भने यहाँ तेरो मेरो भन्ने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘७ सय ५३ वटा पालिका हामी विकास गरेर छाड्छौं । कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि सक्दैन । सबै पालिकामा विकास गर्छौं ।’
उनले अघि थपे, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउने तैपनि विकास गर्न नसके विकल्प कहाँ रह्यो । त्यसपछि भयानक निराशा हुन्छ ।’
सम्बन्धित खबर
‘शिक्षकहरूले हामीलाई खेदेको होइन, नाराबाजीसहित भव्य स्वागत गरेका हुन्’: माधव नेपाल
शिक्षक आन्दोलनमा माधव र झलनाथ पुगेपछि नाराबाजी, लज्जित भएर फर्किए
पोखरा विमानस्थल निर्माण गर्दा १० अर्ब बढी भ्रष्टाचार भएको ठहरसहित उपसमितिले बुझायो प्रतिवेदन
सरकार परिवर्तन शिक्षकहरूको मुख्य एजेण्डा बन्न थाल्यो: ज्ञवाली
काठमाडौँको माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
एमाले-कांग्रेस सरकारले जनताको असन्तुष्टि र अर्थतन्त्रको संकट हटाउँछ: महामन्त्री गगन थापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन