१ करोड धरौटी बुझाएर भैरहवाबाट रातारात पोखरा आउँदै रवि लामिछाने

सुप्रिम सहकारी ठगी मुद्दा

१ करोड धरौटी बुझाएर भैरहवाबाट रातारात पोखरा आउँदै रवि लामिछाने

rabi-lamichhane_supreme

रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रातारात पोखरातर्फ लागेका छन् ।

सभापति लामिछाने भैरहवाबाट गाडीबाटै पोखराका लागि प्रस्थान गरेका हुन् । लामिछाने श्रीमती निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन् ।

 जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी बुझाएपछि थुनामा बस्न नपर्ने निर्णय गरेको थियो ।

प्रभु बैङ्कमार्फत  धरौटी बुझाएर रिहा भएका लामिछानेले केहीबेर आफ्ना नेता कार्यकर्तासँग खुसी साटेका थिए।

मंगलबारदेखि भैरहवाको होटल मेरीगोल्डमा बस्दै आएका थिए । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि उनी काठमाण्डौबाट बुटवल पुगेका थिए ।

त्यसअघि पोखराको सूर्यदर्शन सहकारी र काठमाण्डौको स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा पनि धरौटी बुझाएर रिहा भएका थिए । उनी पोखरा हुँदै काठमाण्डौबाट बुटवल पुगेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds