पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले डेभिज फल्समा जारी अवरोध हटाई तत्काल सञ्चालन गर्ने निर्णय गरेको हो ।
डेभिज फल्समा महानगरपालिका आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाउने र महालेखा परीक्षक कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि प्रक्रिया थाल्ने निर्णय भएको छ । स्थानीय छोरेपाटन माविले सञ्चालन गर्दै आएको डेभिज फल्स विवादका कारण माघ १ गतेदेखि बन्द छ ।
बैठकको निर्णयमा भनिएको छ, “तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।”

डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा बैठकले सरोकारवाला पक्षबिच छलफल गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू लगायतका सरोकारवाला सहभागी थिए ।
यहाँ प्रवेश टिकटबाट वर्षमा तीन करोड हाराहारी रकम सङ्कलन हुने गरेको छ । गत वर्ष झण्डै साढे चार करोड रकम सङ्कलन भएको बताइन्छ ।
महानगरपालिकाले छाँगोमा सिसाको पुल लगायतका पूर्वाधार निर्माण गर्ने र सञ्चालन गर्न निजी कम्पनीलाई दिने सम्झौता गरिसकेको छ । छोरेपाटन माविले २०३४ चैत ३१ देखि छाँगो सञ्चालन गर्दै आएको थियो । तत्कालीन नगर योजना समितिले छाँगो छोरेपाटन माविलाई हकभोग गर्न दिएको थियो । अहिले छाँगोवरिपरि तीन दर्जन व्यावसायिक सटरसमेत छन् ।
महानगनरले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता थियो । सम्झौताबारे विवाद भएपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित खबर
“जाउँ है पोखरा” अभियानको अन्तरक्रिया बर्दिबासमा
कोशी प्रदेशमा पोखराको पर्यटन प्रवर्द्धन
चैत तेस्रो सातादेखि पोखराबाट ल्हासामा नियमित उडान हुँदै
आपसी सहकार्यमा जनकपुर र पोखराका व्यवसायीको जोड
डेभिज फल्स पोखरा महानगरले नै चलाउने
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग