चार दिनअघि भागी विवाह गरेको जोडी मृत फेला

चार दिनअघि भागी विवाह गरेको जोडी मृत फेला

bhagi-bibaha-joduii-e1737806478197

रुकुम पश्चिम । चार दिनअघि भागी विवाह गरेका रुकुम पश्चिमका दुई जना किशोर किशोरी मृत फेला परेका छन् । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका थिए । शनिबार बिहान करिब ९ बजेको समयमा लोकेन्द्रको घरमा दुवै जना मृत फेला परेको विष्ट जनाए ।

उनका अनुसार लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ । घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ