एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो ।
पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले पुलिसलाई १५–१० ले पराजित गर्यो ।
यसअघि भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको थियो । आजै हुने तेस्रो खेलमा आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन कार्यक्रमपछि उक्त खेल सुरु हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।
सम्बन्धित खबर
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल फागुन १४ गते देखि हुने
लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
टाइगर कप भलिबलः यसरी हुन्छन् लिग चरणका खेल
टाइगर कप भलिबलः दोस्रो दिन चार खेल सम्पन्न, महिला बाँकी एक र पुरूषतर्फका तीन खेल
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
भिजिबिलिटी कम हुँदा स्थगित भयो आर्मी र आयोजक टोली टाइगरबिचको खेल
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
पुम्दीकोट जाने बाटो अब एकतर्फी
टाइगर कपका लागि हेल्प नेपालले अनुबन्ध गर्यो एक अमेरिकीसहित ३ विदेशी खेलाडी
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै