पुम्दीकोटको बाटो तत्काल एकतर्फी नहुने, कोदी र कालिमाटी शान्ति स्तूप टोलको असन्तुष्टि

पुम्दीकोटको बाटो तत्काल एकतर्फी नहुने, कोदी र कालिमाटी शान्ति स्तूप टोलको असन्तुष्टि

Pumdi Bhumdi Shiva Mahadev

तस्वीर सौजन्यः अशोक बस्नेत/प्लस पोइन्ट क्रियशन

पोखरा । पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय भए पनि त्यो तत्काल कार्यान्वयन नहुने भएको छ ।

पर्यटकको चाप बढ्दै गएकाले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले एकतर्फी बनाउने निर्णय गरिएकोमा त्यहाँका २ टोल विकास संस्थाले समन्वय विना निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएपछि तत्काल कार्यान्वयन नहुने भएको हो ।

जिल्ला ट्राफिक कार्यालय कास्की र पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा बुधबार पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय गरिएको थियो । शुक्रबार वडा कार्यालयले जनगुनासोलाई सम्बोधन गर्दै तत्काल उक्त निर्णय लागू नगर्न अनुरोध गरेको हो ।

कोदी शान्ति टोल विकास संस्था र कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाले असन्तुष्टि जनाएपछि वडा पछि हटेको हो ।

जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छोरेपाटनदेखि शान्ति स्तूप हुँदै जाने बाटो जाने र फर्कँदा कालिमाटीको बाटो फर्कनुपर्ने रुट थियो ।

बाइक, स्कुटर त्यही बाटो फर्कन सक्ने र चार पांग्रे साधन कालिमाटीको बाटो हुँदै फर्कनुपर्ने व्यवस्था गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds