पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय

पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय

Amarsing

पोखराको अमरसिंह चोकमा पृथ्वी राजमार्ग छेउमा सञ्चालित व्यापारिक सटर हटाइने भएको छ । उक्त सटर भएको जग्गाको स्वामित्व रहेको अमरसिंह माध्यमिक विद्यालयको व्यवस्थापन समितिले गरेको निर्णयअनुसार ती सटर हटाउन शुक्रबार ३५ दिने सूचना जारी गरिएको छ ।

समितिको गत ३ माघमा बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर हटाउने निर्णय गरेको थियो । ती सटर हटाएर त्यहाँ नयाँ व्यापारिक संरचना बनाउने योजनामा विद्यालय छ ।

अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् । हाल पृथ्वी राजमार्ग स्तरोन्नतिको काम जारी छ । निकै कम भाडा उठ्ने गरेकाले यही मेसोमा अमरसिंह चोकमा रहेका ती सटर हटाउने योजना विद्यालयले बनाएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds