पोखरा । उच्च अदालत पोखराले गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय सचिवबाट हटाइएका डा. विनोदविन्दु शर्मालाई तत्काललाई थमौती गरिदिएको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई हटाएर डा. विश्वबन्धु बगालेलाई जिम्मेवारी दिएको थियो ।
संघका कर्मचारीलाई सचिवको जिम्मेवारी दिएपछि डा. शर्मा अदालत पुगेका थिए । त्यसपछि अदालतले निर्णय कार्यान्वयन नगर्न बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको महानिर्देशकमा पठाइएका डा। शर्माले उक्त निर्णयविरुद्ध उच्च अदालत पोखरामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए। गत माघ ८ गते दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश उमेश कोइरालाको इजलासले विपक्षीका नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशपछि शर्मा बिहीबार स्वास्थ्य मन्त्रालयमै हाजिर भएका छन् । अल्पकालीन आदेश भएकाले उनी मन्त्रालयमै हाजिर भएपनि सचिवको जिम्मेवारीमा भने डा. बगाले नै छन् । अन्तरिम आदेशका लागि भने इजलासले माघ १४ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । अदालतले सो दिन रिटउपर फैसला गर्नेछ । त्यसपछि मन्त्रालयको सचिवमा को रहने भन्ने पक्का हुनेछ ।
सम्बन्धित खबर
पोखरामा होलीः नेपालीसँगै झुमे पर्यटक [फोटो/भिडियो]
अनेरास्ववियुबाट पोखरा नर्सिङ क्याम्पसमा प्रतिभा स्ववियु अध्यक्षको उम्मेद्वार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक चार्टर्ड उडान हुँदै
बिजी एन किचेन एण्ड इलेक्ट्रोनिक्सको नयाँ आउटलेट उद्याटन
फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट
फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]